पोखरा स्पोर्ट्स अवार्डको दशौँ संस्करणलाई केल्मी नेपालले सह-प्रायोजकका रुपमा साथ दिने भएको छ।
स्पेनको खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि आधिकारीक विक्रेता कामरु ट्रेडिङ प्रालि र पोखरा स्पोर्ट्स अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच सम्झौता भएको छ। सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरेका छन्।
केल्मी नेपालले खेलकुदको क्षेत्रमा साथ, सहयोग र सहकार्य गर्दै आइरहेको प्रबन्ध निर्देशक न्यौपानेले बताए। उनले गण्डकी प्रदेशका खेलाडीलाई लक्षित गरि आयोजना गरेको अवार्डको सफलताको कामना गरे।
मञ्चका अध्यक्ष एमबी आस्थाले अन्तराष्ट्रिय ब्रान्ड केल्मीको आधिकारीक बिक्रेता केल्मी नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले पोखरा स्पोर्ट्स अवार्डमा सहकार्य गरेकोमा केल्मीलाई धन्यवाद दिए।
रारा तैयारी चाउचाउ मुख्य प्रायोजक रहेको अवार्ड कार्यक्रम वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा हुनेछ। विभिन्न आठ विधामा अवार्ड प्रदान गरिँदै आएको छ।
जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार छन्। पिपुल्स च्वाइस अवार्डलाई गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ।
Shares

प्रतिक्रिया