राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन निःशर्त फुकुवा गरेको छ।
शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग एन्फा महासचिव किरण राईलगायतले भेट र छलफल गरेपछि राखेपले एन्फाको निलम्बन फुकुवा गरेको हो।
‘एन्फालाई राम्रोसँग काम गर्नुस् भनेर विश्वाससाथ सरकारले निलम्बन फुकुवा गरेको हो’, एन्फा प्रवक्ता सुरेश शाहले नेपालखबरसँग भने।
राखेपले गत चैत ११ गते एन्फालाई निलम्बन गर्ने निर्णय गरेको थियो।
राखेपलाई विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले तत्काल निलम्बन फुकुवा गर्न वैशाख २१ गतेसम्मको समय दिएका थिए।
वैशाख ९ मा दुवै निकायले निर्णय फिर्ता लिन राखेपलाई आग्रह गरेका थिए।
एन्फाले ‘अर्ली इलेक्सन’ अगाडि बढाएपछि राखेपसँग विवाद बढेको थियो। राखेपले तत्काल निर्वाचन प्रक्रिया रोक्न निर्देशन नै दिएको थियो। तीन पटकसम्म पत्राचार गरेर निर्वाचन रोक्न भने पनि एन्फाले बेवास्ता गर्दै साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद चर्किँदै जाँदा फिफा र एएफसीले चासो बढाएका थिए।
उनीहरुले कुनै पनि हालतमा एन्फामाथि सरकारी हस्तक्षेप हुन नसक्ने भन्दै पत्र नै पठाएका थिए। राखेपले पनि दुवै निकायलाई पत्र पठाउँदै स्पष्टीकरण दिएको थियो।
परम्परा र विधानअनुसार जिल्ला र प्रदेश तहको निर्वाचनपछि मात्र केन्द्रीय नेतृत्व चयन हुनुपर्ने व्यवस्था भए पनि वर्तमान एन्फा नेतृत्व त्यसलाई छल्दै अघि बढ्न खोजेको आरोप राखेपको थियो।
दुईबीच विवाद बढ्दा घरेलु फुटबल प्रभावित भएको थिाये भने नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतिबन्धको संघारमै आइपुगेको थियो। यस्तोमा राखेप आफ्नो निर्णयबाट ‘ब्याक’ भएको हो।
यो पनि–
-
एएफसी र फिफाले भने– राखेपले एन्फामा गरेको हस्तक्षेपकारी निर्णय वैशाख २१ सम्म फिर्ता लिनुपर्छ
-
एन्फा निलम्बन : फिफा र एएफसीले भने– सरकारी हस्तक्षेप स्वीकार्य छैन
-
राखेपलाई एन्फा महासचिव राईको प्रश्न– एन्फाले चलाएका एकेडेमीको जिम्मा कसले लिने?
-
एन्फा अध्यक्ष नेम्वाङले भने– राखेपले निःशर्त निलम्बन फिर्ता गर्नुपर्छ
-
एन्फाको चुनाव स्थगित
-
एन्फा उपाध्यक्ष पदकी उम्मेदवार पेमाले लिइन् उम्मेदवारी फिर्ता
-
एन्फा अध्यक्षका प्रत्यासी केसीले चुनावमा भाग नलिने
-
राखेपद्वारा एन्फा निलम्बित
-
निलम्बन नगर्न राखेपलाई एन्फाको आग्रह, भन्यो- समयमै निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था
-
एन्फाले राखेपलाई बुझायो स्पष्टीकरण, १३ गतेको निर्वाचनमा प्रतिनिधि पठाइदिन आग्रह
-
सचिवालय बन्द गरेर निर्वाचनमा होमियो एन्फा, राखेपको २४ घण्टे ‘अल्टिमेटम’
Shares

प्रतिक्रिया