शीर्ष क्रमका इशान पाण्डेले घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज (शनिबार) हुने अमेरिकाविरुद्धको खेलबाट ओडीआईमा डेब्यु गर्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा इशानले डेब्यु गर्ने भएका हुन्।
इशानलाई करण केसीले डेब्यु क्याप दिए।

टी-२० आईमा सन् २०१९ मा जिम्बाब्वेविरुद्ध डेब्यु गरेका उनले ४ खेल मात्र खेलेका छन्।
नेपाल ए टिममा उत्कृष्ट प्रदर्शन गरेका इशानले अहिले ओडीआईमा डेब्यु गर्ने मौका पाएका हुन्।
33
Shares

प्रतिक्रिया