नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ तेस्रो साता सुरु हुने भएको छ।
एनएसएलले आईतबार पत्रकार सम्मेलन गर्दै आगामी भदौ २० गतेदेखि हुने जानकारी दिएको हो।
होम एण्ड अवे आधारमा हुने लिग डबल राउण्ड रोविनका आधारमा हुनेछ।
यसअघि सात टोलीले स्पर्धा गर्दै आएकोमा यो सिजन १० देखि १२ टोलीले खेल्ने एनएसएलका अध्यक्ष श्रीयांस कार्कीले जानकारी दिए।
एनएसएलको पहिलो सिजनको उपाधि काठमाडौं रेजर्सले उचालेको थियो। दोस्रो र तेस्रो सिजनको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो।

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङले निलम्बन फुकुवाका लागि धन्यवाद दिँदै देशको फुटबल विकासमा राखेपसँग मिलेर काम गरिरहेको बताए।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली खेलकुदमा निजी क्षेत्रलाई स्वागत गर्न नसकेको उल्लेख गर्दै फुटबल लगायत अन्य खेलमा पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
'शिक्षामा पाठ्यक्रम बनाउने बेलामा नै खेलकुद मिलाएर लैजान सके राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ' उनले भने, 'विद्यार्थीमा लगानी बढाउन थाल्यौँ भने खेलाडी उत्पादनमा सहज हुन्।'
Shares

प्रतिक्रिया