खेल


नेपाल सुपर लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने, नयाँ टोलीका लागि आवेदन आह्वान

नेपाल सुपर लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने, नयाँ टोलीका लागि आवेदन आह्वान

नेपालखबर
जेठ २०, २०८३ बुधबार १५:५९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) चौथो संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

एनएसएलले बुधबार प्रेस विज्ञप्ति जारी गरी चौथो संस्करणमा तीन टोली थपेर १० टोली बनाएको जनाएको छ। एनएसएलको तेस्रो संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरेका थिए। 

चौथो संस्करणमा नयाँ क्लब सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी, समूह तथा फुटबल संस्थाहरूलाई आवेदन दिन एनएसएलले आग्रह गरेको छ। विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन प्राप्त गर्न चाहेको बताएको छ। तर अन्य क्षेत्रबाट आउने प्रस्तावलाई पनि विचार गरिने विज्ञप्तिमा उल्लेख छ। 

एनएसएलका अनुसार नयाँ क्लब थप्ने योजना नेपाली फुटबललाई देशभर विस्तार गर्ने, स्थानीय समर्थकको सहभागिता बढाउने, क्लब विकासलाई मजबुत बनाइ व्यावसायिक सम्भावना विस्तार गर्ने रहेको छ। 

एनएसएलको चौथो संस्करण आगामी भदौ २० गतेदेखि ‘होम एन्ड अवे’का आधारमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad