खेल


भारतीय टोलीले टिकट पाएन, फाइनलसम्म इंग्ल्याण्डमै बस्नुपर्ने

भारतीय टोलीले टिकट पाएन, फाइनलसम्म इंग्ल्याण्डमै बस्नुपर्ने

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:१०,

विश्वकपको सेमिफाइनलबाट बाहिरिएको भारतीय टोलीले फाइनलसम्म इंग्ल्याण्डमै बस्नुपर्ने भएको छ।

खबरहरुका अनुसार बीसीसीआईले भारतीय टोलीको फर्कने टिकटको व्यवस्था गर्न नसकेपछि टोली फाइनलसम्म इंग्ल्याण्डमै रहन बाध्य भएको हो।

टिकट नपाएपछि फाइनल हुने दिन आइतबारसम्म भारतीय टोली म्यानचेस्टरमै रहने भएको छ। त्यसपछिमात्रै टिकट उपलब्ध हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो पनि: मलेसियाविरुद्धको टि–२० शृंखलाका लागि नेपाल तयार

सेमिफाइनलबाट हारेपछि भारतीय टोलीले आइसीसीले उपलब्ध गराएको होटल भने छोडिसकेका छन्। केही खेलाडी भारत फर्कने त केही खेलाडी इंग्ल्याण्डबाटै विभिन्न ठाउँमा घुम्न जाने कार्यक्रम रहेको छ।

भारतले अगष्ट ३ बाट वेस्टइण्डिजविरुद्ध शृंखला खेल्दैछ। त्यसक्रममा भारतले ३ वटा टि–२०, ३ वटा वान डे र २ वटा टेस्ट खेल खेल्दैछ।

एजेन्सी ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad