रोनाल्डोको फुटबलप्रतिको लगाव र उनले अभ्यासमा गर्ने मिहिनेत देखेर पिर्लो रोनाल्डोसँग खुशी भएका हुन्।
आइतबार नापोलीसँग हुने खेल अगाडिको पत्रकार सम्मेलनमा पिर्लोले रोनाल्डोको प्रशंसा गर्दै भने,‘रोनाल्डो धेरै मिहिनेती छन्। उनी ट्रेनिङमा सुरुमा आउँछन् र सबैभन्दा ढिला फर्कन्छन्।’
‘उनी आफ्ना टोलीलाई उत्साह दिन्छन्, त्यो खेल मैदानमा पनि देखिन्छ’ पिर्लो भन्छन्,‘म चाहन्छु रोनाल्डोले प्रत्येक खेलमा एक, दुईभन्दा बढी गोल हानुन्।’ एजेन्सी

प्रतिक्रिया