खेल


मैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्धको पहिलो हाफमा नेपाल १–० गोल अन्तरले पछि

मैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्धको पहिलो हाफमा नेपाल १–० गोल अन्तरले पछि

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १२:१०,

बगंलादेशसँगको मैत्रीपुर्ण खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ।

बंगबन्धु स्टेडियममा जारी खेलमा घरेलु टोलीले नवौँ मिनेटमा नविद जीवनको गोलमा अग्रता बनाएको हो।

नेपाली राष्ट्रिय टोली गोलरक्षक किरण चेम्जोङको कप्तानीमा मैदान उत्रेको छ। नेपालले बगंलादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। अर्को खेल मंसिर २ गते हुनेछ।

कोरोना भाइरसको महामारीको कारण नेपाली टोली करिब ९ महिनापछि मैदान फर्केको हो।

विकास र एरिकको ‘डेब्यु’
बगंलादेशसँगको मैत्रीपूर्ण खेलबाट विकास खवासले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। १२ वर्षमुनिको टोलीबाट एन्फा एकेडेमीबाट खेलेका विकास नेपालले गतवर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए।

नेपालको अन्य उमेर समुहबाट पनि खेल्दै आएका उनी २०७५ सालको ए डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका थिए। विकास आर्मीको यू–१८ टोली हुँदै सिनियर टोलीसम्म पुगेका हुन्।

त्यस्तै, मिडफिल्डर एरिक विष्टले राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्। खेलको ४२ औं मिनेटमा विक्रम लामा घाइते भएपछी उनको स्थान लिदै विष्ट मैदान प्रवेश गरेका थिए। बाँसबारी क्लबको उत्पादन विष्टले न्यु रोड टिम (एनआरटी) बाट ए डिभिजन लिग खेलेका थिए।

नेपालको सुरुवाती ११ः किरण चेम्जोङ (कप्तान), विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल, विक्रम लामा, तेज तामाङ, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट र नवयुग श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad