कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज चुनारालाई जुत्ता किन्नको लागि सौराह स्यान्ड्सले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
ओमान भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अनुजसँगै ३२ सदस्यलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।
पहिलो पटक राष्ट्रिय टोलीमा परेका जाजरकोटका १६ वर्षिय अनुजले आर्थिक अवस्था कमजोर हुँदा प्रधानमन्त्री कप क्रिकेटमा साथीको जुत्ता मागेर प्रतियोगिता खेलेका थिए। यो कुरा समाचारमा आएपछि सौराह स्यान्ड्सले १५ हजार रुपैयाँ प्रदान गरेको हो।
सौराहका मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारी र टोलीका बोर्ड सदस्य गणेश तिमिल्सिनाले सोमबार त्रिवि क्रिकेट मैदानमा अभ्यास गरि रहेका अनुजलाई भेटेर सोमबार १५ हजार रुपैयाँ हस्तान्तरण गरे। अनुजलाई आगामी दिनमा पनि सहयोग गर्ने अधिकारीले बताए।

प्रतिक्रिया