खेल


सुपर लिग टोली धनगढी एफसीको ‘आइकोनिक प्लेयर’ बने किरण चेम्जोङ

सुपर लिग टोली धनगढी एफसीको ‘आइकोनिक प्लेयर’ बने किरण चेम्जोङ

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ८:१५,

राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ नेपाल सुपर लिगमा धनगढी एफसीको आइकोनिक प्लेयर बनेका छन्।

धनगढीले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लबको आइकोनिक प्लेयर र प्रशिक्षक सार्वजनिक गरेको हो।

एफसी सोलिडारिटी कप २०१६, थ्री नेसन्स कप २०२१ को उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका कप्तान चेम्जोङ अप्रिल ५ मा एफसी इन्टरनेशनल प्लेयर अफ दि विक समेत बनेका थिए।

५ वर्षपछि सुपर लिगमार्फत घरेलु फुटबल खेल्न लागेका किरणले निकै उत्साहित रहेको बताए।

लामो समयपछि घरेलु फुटबलमा फर्केका किरण आफ्नो शतप्रतिशत दिने र टोलीलाई उपाधि जिताउने बताए।

उनले भने, ‘लामो समयपछि घरेलु फुटबलमा फर्केको छु, शतप्रतिशत दिएर टोलीलाई उपाधि जिताउनेछु।’

धनगढी एफसीको प्रस्तावमा आफू सन्तुष्ट भएर प्रस्ताव स्वीकार गरेको र आर्थिक पक्षमा पनि सन्तुष्ट रहेको उनको भनाइ छ।

क्लबले प्रशिक्षकमा युगल किशोर राईलाई अनुबन्ध गरेको छ। एफसी ए लाइसेन्स प्राप्त राईले यसअघि झापा यु १८, झापा ११ फुटबल क्लवको टोलीलाई हेरिसकेका छन्।

राईकै प्रशिक्षण झापा फुटबल क्लवले सी डिभिजन लिगमा चौथो र बी डिभिजन लिगमा बासबारी क्लवले तेस्रो स्थान बनाउन सफल भएको थियो।

राईले ए डिभिजन क्लव रुस्लान थ्रीस्टार, एनआरटी, मनाङ मस्र्याङदी, आरसिटी र नेपाल पुलिस क्लवको टोलीबाट खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad