खेल


सुपर लिग फुटबलको विजेताले ३५ लाख पाउने, के भन्छन् ७ टोलीका प्रशिक्षक?

सुपर लिग फुटबलको विजेताले ३५ लाख पाउने, के भन्छन् ७ टोलीका प्रशिक्षक?

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ११:४५,

पहिलो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको विजेता टोलीले ३५ लाख रुपैयाँ पाउने भएको छ।

सुपर लिग आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको पुरस्कार रकम सार्वजनिक गरेको हो। लिगको उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्।

लिगमा विधागततर्फका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, उदीयमान खेलाडीलाई पनि १ लाख रुपैयाँ दिइनेछ।

हरेक खेलका म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ प्रदान गरिने सुदिप शर्माले बताए।

super league press meet2

लिग चरणका सबै खेलमा ए क्याटेगोरी र विदेशी खेलाडीबाहेकका खेलाडीलाई उदीयमान खेलाडी घोषणा गरिनेछ। ती खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्।

कोरोना महामारीका कारण खेल बन्द रंगशालामा गराइनेछ। भोलिबाट सुरु हुने सुपर लिगको उद्घाटन खेलमा काठमाडौ रेजर्स र ललितपुर सिटी एफसी भिड्नेछन्। खेल, काठमाडौको दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

काेराेनाका कारण दर्शकले भने प्रत्यक्ष उपस्थितिमा खेल हेर्न नपाउने भएका छन्। 

लिगको पूर्वसन्ध्यामा के भन्छन् ७ फ्रेन्चाइज टोलीका प्रशिक्षक?

balgopal super league1

‘तयारीको पर्याप्त समय भएन’
बालगोपाल महर्जन (काठमाडौं रेजर्स)
हामीसँग तयारीको लागि पर्याप्त समय भएन। यो हाम्रो मात्र हैन सबै टोलीको समस्या हो।

तर पनि जति समय तयारी गर्न पायौँ, हामी त्यतिमा सन्तुष्ट छौँ। हाम्रो तयारीले राम्रो नतिजा आउने आशा गरेका छौँ।

सबैको लक्ष्य उपाधि उचाल्नु नै हुन्छ। हाम्रो पनि उपाधि उचाल्ने छ। तर राम्रो खेल प्रदर्शन गर्ने पनि हाम्रो लक्ष्य हो।

pradip humagai super league1

‘राम्रो नतिजा देखाउने चुनौती छ’
प्रदीप हुमागाईं (ललितपुर सिटी एफसी)
शनिबार हाम्रो पहिलो खेल छ। त्यसका लागि हामी तयार छौँ।

तयारी राम्रै भयो। हामी उपाधिका लागि खेल्नेछौँ। म स्वयं पनि लामो समयपछि नेपाली फुटबलमा फर्केको छु।

मैले आफूलाई प्रमाणित गर्न पनि टोलीका लागि राम्रो नतिजा ल्याएर देखाउनुपर्नेछ। 

rajesh shahi super league1

‘प्रशिक्षण राम्रो भएको छ’
राजेश शाही (पोखरा थन्डर्स)
प्रतियोगिताका लागि हाम्रो तयारी राम्रो छ। १२ दिन पोखरामा अभ्यास गर्यौँ। समय कम थियो तर प्रशिक्षण राम्रो भएको छ।

नेपालमा राम्रो लिगको सुरुवात भएको छ। नेपाल सुपर लिगले खेलाडीसँगै नेपाली फुटबलको पनि महत्व बढाउने विश्वास गरेका छौं।

meghraj super league1

‘उपाधि जित्ने आशा छ’
मेघराज केसी (एफसी चितवन)
यो लेभलको प्रतियोगिताका लागि तयारी समय कम भयो। तर पनि हामीले जति समय पायौँ, राम्रो तयारी गरेका छौँ।

प्रतियोगितामा विदेशी खेलाडीको भूमिका निर्णायक हुन्छ। हाम्रा विदेशी खेलाडीहरु पनि राम्रो रहेकाले उपाधिको आशा हामीले गरेका छौँ।

sunoj super league1

‘लक्ष्य त उपाधि उचाल्ने नै हो’
सुनोज श्रेष्ठ (बुटवल लुम्बिनी एफसी)
हामीले आफ्नो शतप्रतिशत दिएर तयारी गरेका छौँ।

सबै खेलाडीहरु एकअर्कासँग घुलमिल भएका छन्। टोलीमा केही सामान्य इन्जुरी भए पनि ठूलो इन्जुरीहरु छैन। खेलाडीहरु फिट छन्।

जुनियर खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेकाले हामी उपाधि उचाल्ने लक्ष्यमा छौँ। 

n law super league1

‘उपाधि जितेर पहिलो सुपर लिग यादगार बनाउन चाहन्छौँ’
एन ल (विराटनगर सिटी एफसी)
जुनसुकै प्रतियोगितामा पनि पहिलो संस्करणको विजेतालाई सबैले सम्झिरहन्छन्। त्यसैले यो उपाधि जितेर हामी यादगार बनाउन चाहन्छौँ।

जुनसुकै टोलीले पहिलो प्रतियोगिता जित्न चाहन्छ। हामी पनि उपाधिका लागि नै खेल्न्छौँ।

प्रतियोगिताका लागि हामीले एकदमै कडा मिहिनेत गरेका छौँ। खेलहरुबीचको खाली समय एकदम कम छ। त्यही भएर प्रतिस्पर्धा बढी हुनेछ।

yugal kishor super league1

‘३ जना विदेशी खेलाडी छन्, राम्रो प्रदर्शन गर्छौँ’
युगलकिशोर राई (धनगढी एफसी)
हामीसँग ३ जना विदेशी खेलाडी छन्, त्यसमा कप्तान किरण लिम्बु पनि विदेशी खेलाडीकै कोटाबाट लिग खेल्नेछन्।

राम्रो प्रदर्शन गर्दै हामी उपाधिका लागि नै खेल्नेछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad