ad ad

खेल


भिसा आउन ढिलाइ हुँदा सन्दीपले गुमाए टी–२० ब्लास्ट

भिसा आउन ढिलाइ हुँदा सन्दीपले गुमाए टी–२० ब्लास्ट

नेपालखबर
जेठ २३, २०७८ आइतबार १०:१२,

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टी–२० ब्लास्ट गुमाउने भएका छन्।

सन्दीप अर्को सातादेखि सुरु हुने टी–२० ब्लास्टमा पहिलो पटक वर्सेस्टरशायरबाट खेल्ने तयारीमा थिए।

तर कोरोनाको सक्रमण बढेसँगै नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको र भिसा आउन ढिला भएपछि उनले टी–२० ब्लास्ट गुमाउने लगभग निश्चित जस्तै भएको सन्दीपका मेनेजर रमण शिवाकोटीले बताए।

टी–२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्नेछ।

धेरै प्रयासपछि शुक्रबार मात्रै भिसा आए पनि धेरै ढिलो भइसकेको छ।

१४ दिन क्वारेन्टिन बस्दा सन्दीपले आधाभन्दा बढी खेल गुमाउनेछन्। जसको कारण अब लगभग पूरै छुट्ने तरिकाले कुरा भइरहेको शिवाकोटीले बताए।

टी–२० ब्लास्ट छुटे पनि सन्दीप द हन्ड्रेड खेल्न जाने तयारीमा छन्। द हन्ड्रेड मा सन्दीप ओभल इन्भिन्सिवल्सबाट खेल्नेछन्।

द हन्ड्रेड जुलाई २१ देखि सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .