ad ad

खेल


युरोकपमा जर्मनीविरुद्ध इंग्ल्यान्डको शानदार जित

युरोकपमा जर्मनीविरुद्ध इंग्ल्यान्डको शानदार जित

नेपालखबर
असार १५, २०७८ मंगलबार १७:५९,

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको राउण्ड अफ १६ को खेलमा जर्मनीलाई २–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ७५ औँ मिनेटमा फरवर्ड रहिम स्टर्लिङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

रहिमले २० अन्तर्राष्ट्रिय खेलमा १५ गोल गर्न सफल भएका हुन्। खेलको ८६ औँ मिनेटमा कप्तान ह्यारी केनले अग्रता दोब्बर पारे। केनले जारी युरोकपमा पहिलो गोल गरेका हुन्।

खेलमा थप गोल हुन सकेन र इंग्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको हो।

इंग्ल्यान्डले क्वार्टरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ।

आज राति पौने १ बजे हुने खेलमा स्वीडेन र युक्रेन भिड्दै छन्। योसँगै युरोकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .