खेल


एन्फा लिगको उद्घाटनमा गायक सज्जनराज वैद्यले प्रस्तुति दिने

एन्फा लिगको उद्घाटनमा गायक सज्जनराज वैद्यले प्रस्तुति दिने

नेपालखबर
पुस २८, २०८२ सोमबार १७:५८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा माघ ३० गते बुधबारदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ। सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछ।

प्रतियोगिताको उद्‍घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन्। सोही दिन श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ। दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ।

माघ २ गते शुक्रबार दशरथ रंगशालामा हुने मच्छिन्द्र क्लब र एनआरटी खेल अगाडि चर्चित गायक सज्जनराज वैद्यले सांगीतिक प्रस्तुति दिने भएका छन्। 

सज्जनराज वैद्यको सांगीतिक प्रस्तुतिसँगै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ हुने छ। वैद्य युवामाझ निकै लोकप्रिय गायक हुन्।
एन्फाले ४८ खेलसम्मको मिति र खेलस्थलसमेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ। बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ।

राष्ट्रिय लिगका खेलहरू उपत्यकाको तीन मैदान दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ। 

राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ। 

राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपबाट हुने छ। यो एपमार्फत राष्ट्रिय लिग फुटबल प्रतियोगिता नेपालमा हेर्न तीन महिनासम्म ८९९ रुपैयाँ र विदेशमा तीन महिनासम्म १५ डलर तोकिएको छ। 

एमएसन भिडिओमा अहिलेका सुपरहिट नेपाली चलचित्रहरू हेर्न पाइन्छ। एमएसन भिडिओ एप टिभीमा पनि सजिलै डाउनलोड गरेर हेर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad