पाकिस्तानमा पर्वतारोहणका क्रममा दुईपटककी ओलम्पिक च्याम्पियन लौरा डालमायरको निधन भएको छ।
जर्मन निवासी डालमायर सोमबार काराकोरम पहाडमा आरोहण अभियानका क्रममा ढुंगा खसेर फसेकी थिइन्।
उनको पर्वतारोहण साथी मारिना इभाले लगभग १८,७०० फिटको उचाइमा भएको दुर्घटनापछि आपतकालीन सेवाहरूलाई जानकारी गराएकी थिइन्।
यसपछि जर्मनी र अमेरिकाका विशेषज्ञ पर्वतारोहीहरू सम्मिलित उद्धार टोलीले तुरुन्तै उद्धार सुरु गरेको थियोे। तर प्रतिकूल मौसमका कारण उनको खोजीमा बाधा पुगेको थियो।
537
Shares

प्रतिक्रिया