खेल


‘विराट गोल्डकप’ आजदेखि, ११ वर्षपछि झापा र आर्मी आमनेसामने हुँदै

‘विराट गोल्डकप’ आजदेखि, ११ वर्षपछि झापा र आर्मी आमनेसामने हुँदै

नेपालखबर
चैत २८, २०८२ शनिबार १२:४७, विराटनगर

‘विराट गोल्डकप’ प्रतियोगिताको ३८औँ संस्करण आजदेखि  विराटनगरमा सञ्चालन हुँदै छ।

विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रस्टले जनाएको छ।

आज झापा र आर्मीबिच ११ वर्षपछि पुनः सहिद मैदानमा आमनेसामने हुन लागेका हुन्।

यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई हराउँदै उपाधि जितेको थियो।

लामो समयपछिको यो भेटलाई फुटबल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्।

वि.सं. २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये एक मानिन्छ।

यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि अवसर दिइएको छ, जुन यस संस्करणको मुख्य आकर्षण हो।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) सँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमी पनि सहभागी हुनेछन्।

वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको ट्रस्ट्रका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

एक करोड ५ लाख रुपैयाँ बजेट अनुमान गरिएको यस गोल्डकपले विराटनगरमा फुटबलको माहोल पुनः तताउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad