फिफा विश्वकप- २०२६ अन्तर्गत अहिले जारी खेलमा अस्ट्रियाले जोर्डनविरुद्ध एक गोल गरेको छ।
बुधबार बिहान पौने दश बजेदेखि जारी यी दुई देशबिचको खेलमा अहिलेसम्म जोर्डन गोलविहीन छ।
अस्ट्रियाका रोमानो स्मिडले २१ औं मिनेटमा गोल गरेका हुन्। उनले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो।
समूह जेमा रहेका यी दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्मक छ।
जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गरेको हो।
फिफा वरीयतामा अस्ट्रिया २४औँ र जोर्डन ६३औँ स्थानमा छन्।
39
Shares

प्रतिक्रिया