खेल


साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन शीर्ष स्थानमा

साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन शीर्ष स्थानमा

नेपालखबर
असार ८, २०८३ सोमबार ६:४०, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन विजयी भएको छ। 

जारी विश्वकपमा स्पेनको यो पहिलो जित हो । 

यो जितसँगै स्पेन फेरि लयमा फर्किएको छ। यसअघिको खेलमा स्पेनले नवप्रवेशी केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको थियो। 

एटलान्टामा भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गरेसँगै स्पेन ४ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको हो। 

साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा स्पेनका लामिन यमालले पहिलो गोल गरे। 

त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए।

दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनले ४–० को जित हात पारेको हो। 

अब स्पेनलाई अन्तिम ३२ मा स्थान सुरक्षित गर्न उरुग्वेविरुद्धको अन्तिम खेलमा १ अंक बराबरीको नतिजा आवश्यकता छ। 

साउदी अरेबियाले भने अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डेविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुन्छ।

विश्वकप फुटबलमा आज बिहान पौने ७ बजे क्यानडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टले खेल्दैछन्। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad