फिफा विश्वकपको लागि क्यामरुनले २६ सदस्यीय टोली घोषणा गरेको छ।
कतार विश्वकपका लागि गोलकिपर आन्द्रे ओनाना, भिन्सेन्ट अबुबाकर, कार्ल टोको इकाम्बी, आन्द्रे–फ्राङ्क जाम्बो एन्गुइसा र एरिक म्याक्सिम लगायतका खेलाडी क्यामरुनका मुख्य हतियार हुन्।
क्यामरुनले २४ नोभेम्बरमा स्वीटजरल्याण्डसँग खल्दै विश्वकपको सुरुवात गर्नेछ। समूह चरणको दोस्रो खेलमा २८ नोभेम्बरमा सविर्या र अन्तिम खेलमा २ डिसेम्बरमा ब्राजिलसँग खेल्ने तालिका छ।
क्यामरुनको टोली
गोलकिपरः डेभिस इप्यासी (आभा क्लब), साइमन नगापान्डुएन्बु (मार्सेली), आन्द्रे ओनाना (इन्टर मिलान)
डिफेन्डरः जीन–चार्ल्स क्यास्टेलेटो (नान्टेस), एन्जो इबोसी (उडिनेस), कोलिन्स फाई (अल ताई), ओलिभर एम्बाइजो (फिलाडेल्फिया संघ), निकोलस एन्कोलोउ (एरिस सलोन्किया), टोलो नोहु (सिएटल साउन्डर्स), क्रिस्टोफर वूह (रेनेस स्टेडियम)
मिडफिल्डरः मार्टिन होन्ग्ला (वेरोना), पियरे कुण्डे (ओलम्पियाकोस), ओलिभर न्चाम (स्वानसी सिटी), गेल ओन्डुआ( ह्यानोभर ९६), शमूएल ओम गौट (मेचेलेन), आन्द्रे–फ्राङ्क जाम्बो एन्गुइसा (नापोली)
फरवार्डः भिन्सेन्ट अबुबाकर (अल नासर),क्रिश्चियन बासोगोग (साङ्घाई शेन्हुआ), एरिक म्याक्सिम चौपो–मोटिङ (बायर्न म्युनिख), सोउबोउ मोरोउ( काटोन स्पोर्टस्), ब्रायन एमबेउमो (ब्रेन्टफोर्ड), निकोलस मौमी नगामालेउ (योङ बोइज बर्न), जेरोम एनगोम (कोलोम्बे स्पोर्टिभ डु सुड अफिसिएट), जर्ज–केल्भिन एन्कोउडोउ (बेसिकटास), जिन–पेरी एन्सेम (योङ ब्वाईज बर्न), कार्ल टोको एकम्बी (ओलम्पिक लियोनाइस)
प्रतिक्रिया