ad ad

खेल


एनकुन्कु घाइते भएपछि फ्रान्सको विश्वकप टोलीमा समेटिए कोलो मुआनी

एनकुन्कु घाइते भएपछि फ्रान्सको विश्वकप टोलीमा समेटिए कोलो मुआनी

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १०:४१, काठमाडौँ

फ्रान्कफुर्ट स्ट्राइकर रान्डल कोलो मुआनी फ्रान्सको विश्वकप टोलीमा बोलाइएका छन्। 

फ्रान्सका २६ सदस्यीय टोलीमा स्थान बनाएका क्रिस्टोफर एनकुन्कु घाइते भएपछि उनको स्थानमा कोलोलाई बोलाइएको हो।

कोलोले फ्रान्कफुर्टमा यो सिजन २३ खेलमा ८ गोल गरेका छन्। 

आरबी लाइपजिगका स्टाइकर एनकुन्कु प्रशिक्षणको समयमा घाइते भएपछि विश्वकप गुमाउने भएका हुन्। 

एनकुन्कु पछिल्लो समय चोटका कारण विश्वकपबाट बाहिरिने अर्का हाइप्रोफाइल खेलाडी हुन्। यसअघि मिडफिल्डर पाउल पोग्बा र एनगोलो कान्टे र डिफेन्डर प्रेस्रेल किम्पेम्बे पनि चोटका कारण टोली बाहिर छन्। 

म्यानचेष्टर युनाइटेडका डिफेन्डर राफेल भराने पनि चोटबाट ठिक भइरहेका छन्। 

फ्रान्सले २२ नोभेम्बरमा अष्ट्रेलियासँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। समुह डि मा फ्रान्सले डेनमार्क र ट्युनिसियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .