कतारमा जारी विश्वकपमा समूह बीमा रहेको वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन्।
सोमबार राति अल रायनमा रहेको अहमद बिन अलि स्टेडियममा भएको खेलको ८२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै ग्यारेथ बेलले गोेल गरेका हुन्। यो जारी विश्वकपकै पहिलो बराबरी खेल हो। पहिलो हाफमा गोल खाएपछि वेल्स दबाबमा परेको थियो।
अमेरिकाका लागि क्रिष्टियन प्युलिसिकको पासमा टिमोथी विले ३५औँ मिनेटमा गोल गरे।
वेल्सको यो सन् १९५८ पछि पहिलो विश्वकप सहभागिता हो भने सन् २०१८ मा छुटाएको अमेरिका यसपटक फर्किएको हो।
393
Shares

प्रतिक्रिया