ad ad

राजनीति


काठमाडौंका १० क्षेत्रमा को अगाडि?

१ मा प्रकाशमान विजयी
काठमाडौंका १० क्षेत्रमा को अगाडि?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ३:३०, काठमाडौँ

संघीय राजधानी काठमाडौं जिल्लाका १० मध्ये ९ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ। 

सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ भने यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। सिंहले सात हजार एक सय ४० मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
    

काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ। राति २ बजेसम्मको मतगणनामा काठमाडौँ क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छन्। उनले दुई हजार आठ सय ९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छिन्। एमालेका मणिराम फुयालले भने हालसम्म एक हजार ९८ मत प्राप्त गरेका छन्।
    
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन्।
    
काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत ल्याएका छन्। राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार चार सय ३९ मत छ।
    
काठमाडौं क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन्। 
    
काठमाडौं क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरी दोस्रो भएका छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४१ मतसहित तेस्रो स्थानमा छन्।
    
काठमाडौँ क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै एक हजार तीन सय ५८ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार गणेश पराजुलीले एक हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले नौ सय ६३ मत प्राप्त गरेकी छन् । 

    काठमाडौँ क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। यस्तै, हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गरेका छन्। एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गरेका छन्।
    
यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गरेका छन्।
    
त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याएका छन्। एमालेका हिमेश केसीले एक हजार तीन सय मत प्राप्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .