ad ad

खेल


विश्वकपबाट बाहिरिएसँगै मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

विश्वकपबाट बाहिरिएसँगै मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार २०:४९, काठमाडौँ

फिफा विश्वकप २०२२ बाट बाहिरिएसँगै मेक्सिकोका प्रशिक्षक गेराडो मार्टिनोले पदबाट राजीनामा दिएका छन्।

बुधबार भएको खेलमा साउदी अरेबियाविरुद्ध जित हात पारेको भए पनि गोल अन्तरको आधारमा पोल्याण्ड माथिल्लो चरणमा प्रवेश गरेको थियो। 

मार्टिनोको टोलीले विश्वकपको समूह चरणका सुरुवाती दुई खेलमा केवल १ अंक हात पारेको थियो। समूह चरणमा मेक्सिकोले पोल्याण्डसँग बराबरी खेलेको थियो भने अर्जेन्टिनासँग पराजित भएको थियो। 

खेल सकिएपछिको न्युज कन्फरेन्समा बोल्दै मार्टिनोले मेक्सिको बाहिरिएसँगै आफ्नो मेक्सिकोको फुटबल संघसँगको सम्झौता पनि सकिएको बताएका हुन्।

‘सबैभन्दा पहिला म यो हारको लागि जिम्मेवार छु’, उनले भने। उनले आफ्नो पालामा मेक्सिकोले ठुलो निराशाको सामना गर्नुपरेको बताए। 

मेक्सिको सन् १९९० पछि  पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको हो। विश्वकपमा सहभागी भएर पनि समूह चरणमा नपुगेको भने यो सन् १९७८ यताको पहिलो हो। 

मेक्सिकोका कप्तान तथा गोलकिपर गुइलेर्नो ओचोआले आफ्नो टोलीले विश्वकपमा आउनुभन्दा पहिलाको अपेक्षालाई कायम राख्न नसकेको बताए। उनले टोलीले सही समयमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको कारण विश्वकपबाट बाहिरिनुपरेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .