फिफा विश्वकप २०२२ अन्तर्गत समूह जीका खेलमा खेलमा क्यामरुन र ब्राजिल तथा स्विटजरल्याण्ड र सर्बियाबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।
ब्राजिल र क्यामरुनले गोलरहित बराबरी खेलेका हुन्। बीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ। ब्राजिल हाबी भएको खेलमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन्। ब्राजिल यसअघि नै माथिल्लो चरणमा पुगिसकेको छ भने माथिल्लो चरणमा पुग्न क्यामरुनलाई जित्नैपर्ने दबाब छ।
त्यस्तै अर्को खेलमा स्विटजरल्याण्ड र सर्बियाले २–२ गोलको बराबरी खेलेका छन्। स्विटजरल्याण्डका लागि खेलको ४४ औं मिनेटमा ब्रिल इम्बोलोले बराबरी गोल फर्काएका हुन्। यसअघि खेलको ३५ औं मिनेटमा सर्बियाका डुसान भ्लाहोभिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको २० औं मिनेटमा हेर्डन शाकिरीको गोलमा स्विट्जरल्याण्डले अग्रता लिएको थियो। तर ६ मिनेटमै सर्वियाले गोल फर्काएको थियो।
सर्वियाका लागि २६ औं मिनेटमा एलेक्ससान्डर मित्रोभिकले गोल गरेका हुन्।
नकआउटमा पुग्न यो निर्णयक खेल हो। स्विट्जरल्याण्डलाई यो खेल जिते वा बराबरी गरे पनि पुग्छ। तर सर्वियालाई जित्नै पर्ने बाध्यता छ।
Shares
प्रतिक्रिया