ad ad

खेल


बलियो नेदरल्याण्ड्सलाई हराउँदै २० वर्षपछि क्वाटरफाइनल पुग्ने अमेरिकाको दाउ

बलियो नेदरल्याण्ड्सलाई हराउँदै २० वर्षपछि क्वाटरफाइनल पुग्ने अमेरिकाको दाउ

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १३:२७, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल हुँदै छन्। नकआउट चरणको पहिलो खेलमा शनिबार पौने ९ बजे अमेरिका र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै छ। कतारको खलिफा इन्टरनेशनल  स्टेडियममा उक्त खेल हुनेछ। 

नेदरल्याण्ड्स समूह एको विजेताको हैसियतमा नकआउट चरणमा आइपुगेको हो। अमेरिकाले भने समूह बीको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

समूह चरणको खेलमा नेदरल्याण्ड्सले कतार र सेनेगलमाथि जित हात पारेको थियो भने इक्वेडरसँग बराबरी खेलेको थियो।

नेदरल्याण्ड्सलाई माथिल्लो चरणमा पु¥याउने क्रममा  स्टार कोडी गाक्पो लगातार तीन विश्वकपमा गोल गर्ने चौथो नेदरल्याण्ड्सका खेलाडी बने। नेदरल्याण्ड्सको टोलीमा फ्रेन्की डि जोङजस्ता खेलाडीको पनि साथ रहनेछ। 

यसपटकको विश्वकप खेल्ने शैलीको कारण नेदरल्याण्ड्सबारे आशंका पनि उत्पन्न भएको छ। समूह चरणका तीन खेलमध्ये नेदरल्याण्ड्सले फ्रेममा केवल  आठ प्रहार गरेको छ। यद्यपि नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गाल भने नेदरल्याण्ड्स नकआउट चरणका लागि टोली तयार रहेको बताउँछन्। समूह एको विजेता बन्दै माथिल्लो चरणमा प्रवेश गरेसँगै नेदरल्याण्ड्सले सहभागी भएको हरेक  विश्वकपको समूह चरण पार गर्ने रेकर्डस्लाई भने निरन्तरता दिएको छ। 

नेदरल्याण्ड्स पछिल्लो ३२ वर्षमा सन् १९९० र २००६ मा गरी दुईपटक मात्र विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ। सन् २०२० को युरोकपमा चेक रिपब्लिकसँग हारेयता नेदरल्याण्ड्स १८ खेलमा अपराजित छ। 

अमेरिकाले भने समूह चरणमा इरानसँग मात्र केवल १–० अन्तरको जित हात पारेको थियो। वेल्स र इंग्ल्याण्डसँगको खेल भने अमेरिकाले बराबरी खेलेको थियो। समूह चरणमा अमेरिकाले केवल २ गोल गरेको थियो। पछिल्लो २० वर्षमा अमेरिका विश्वकपको क्वार्टरफाइनलसम्म पुग्न सकेको छैन। साथै युरोपेली मुलुकसँगको उसको पछिल्लो प्रदर्शन पनि राम्रो रहन सकेको छैन। 

हेड टु हेड 
अहिलेसम्म नेदरल्याण्ड्स र अमेरिकाबीच विश्वकपमा भेट भएको थिएन। अन्य खेलमा भने नेदरल्याण्ड्स हाबी हुँदै आएको छ। सन् १९९८ देखि २०१० को बीचमा भएको चार मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्सले जित हात पारेको थियो। सन् २०१५ मा भएको खेलमा भने अमेरिकाले ४–३ ले नेदरल्याण्ड्सलाई हराउँदै जितको खडेरी तोडेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .