अमेरिकाको २० वर्षपछि क्वार्टरफाइनल पुग्ने सपना फेरि पनि अधुरै रहेको छ।
खालिफा इन्टरनेशनल स्टेडियममा शनिबार राति नेदरल्याण्डस्सँग ३–१ ले पराजित हुँदै अमेरिका लगातार चौथोपटक नकआउट चरणबाट घर फर्किएको हो।
१२ औँ पटक विश्वकप खेलेको अमेरिका लगातार चौथो पटक नकआउट चरणबाट बाहिरिएको हो। सनु १९३० को पहिलो सहभागितामा नै सेमिफाइनल पुगेको अमेरिका दोस्रो संस्करणमा नकआउट चरणसम्म पुगेको थियो।
सनु १९५०, १९९०, १९९८ र २००६ मा समुह चरणबाटै बाहिरिएको अमेरिका २००२ को इतिहास दोहोराउने योजनामा थियो।
२००२ मा क्वार्टरफाइनल खेलेको अमेरिकाले त्यसयता एक पटक समुह चरण र चार पटक नकआउट चरण पार गर्न नसकेको हो।
कान्छा कप्तानको काँधमा अमेरिकाको नकआउट चरणको यात्रा |
समूह बी को उपविजेताको रुपमा नकआउट पुगेको अमेरिकाका लागि क्वार्टरफाइनल पुग्ने सपनामा यो पटक नेदरल्याण्ड्स बाधक बन्यो।
खेलको १० औँ मिनेटमा एम्फीस डिपेको गोलमा पछि परेको थियो।
पहिलो हाफको अतिरिक्त समयमा डली ब्लिन्डको गोलमा २–० ले पछि पर्यो। तर ७६ औँ मिनेटमा हाजी राइटले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
८१ औँ मिनेटमा डेन्जेल डम्फ्रिजको गोलमा नेदरल्याण्डले ३–१ ले अग्रता बनायो। त्यसपछि खेलमा फर्कन नसकेको अमेरिका कतार विश्वकप २०२२ को नकआउट चरणबाटै बाहिरियो।
Shares
प्रतिक्रिया