विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डविरुद्धको अग्रता दोब्बर पारेको छ।
खेलको ७४ औं मिनेटमा गोल गर्दै केलियान एम्बाप्पेले टोलीको अग्रता दोब्बर पारेका हुन्।
जारी विश्वकपमा एमबाप्पेको लागि यो चौथो गोल हो।
दोहास्थित अल थुमामा स्टेडियममा खेलको पहिलो हाफमा फ्रान्सले पोल्याण्डविरुद्ध १–० ले अग्रता बनाएको थियो।
खेलको ४४ औँ मिनेटमा ओलिभर जिरुडको गोलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। जिरुडले एम्बाप्पेको पासमा गोल गरेका थिए।
मंसिर १८, २०७९, आइतबार
प्रतिक्रिया