ad ad

खेल


क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डसँग खेल्ने

क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डसँग खेल्ने

नेपालखबर
मंसिर १९, २०७९ सोमबार २:५९, काठमाडौँ

फिफा विश्वकपअन्तर्गत क्वार्टरफाइनलको खेलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्ने भएको छ।

आइतबार भएको खेलमा पोल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले माथिल्लो चरणको यात्रा तय गरेको हो। क्वार्टरफाइनलमा प्रवेश गर्ने क्रममा साबिक विजेता फ्रान्सलाई जित दिलाउने क्रममा केलियान एम्बाप्पेले दुई तथा ओलिभर जिरुडले एक गोल गरे। 

यसअघि समूह चरणको खेलमा दुई खेलमा जित तथा एक खेलमा हारको नतिजा सामना गरेको थियो। समूह चरणमा फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई हराएको थियो भने ट्युनिसियासँग हारेको थियो। 

त्यस्तै आइतबार भएको अर्को खेलमा इंग्ल्याण्डले सेनेगललाई पराजित गर्दै  क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

आइतबारको खेलको सुरुवातमा अफ्रिकन च्याम्पियनले केही चुनौती दिए पनि ३८ औं मिनेटमा पछि परेपछि थप कमजोर देखिएको थियो। पाएका केही अवसरमा पनि गोल गर्न सेनेगल चुक्दा इङ्ल्याण्डले लगातार फाइदा उठायो। पहिलो हाफमा जोर्डन हेन्डरसनले सुरुवाती अग्रता दिलाएका थिए। 
पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले जाली चुमाए। 

दोस्रो हाफमा पनि सेनेगल खेलमा फर्किन सकेन। ५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्यो। जारी विश्वकपमा इङ्ल्याण्ड अपराजित छ।

पहिलो खेलमा ६–२ ले इरानलाई पराजित गरेको इङ्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा वेल्सलाई ३–० ले स्तब्ध पार्दै समूह विजेताका रुपमा नकआउटमा पुगेको थियो। 

इंग्ल्याण्डले यसअघि समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। इंग्ल्याण्डले समूह चरणमा अमेरिकासँग बराबरी खेल्दा इरान र वेल्समाथि भने जित हात पारेको थियो।

यी दुई टोलीबीचको  क्वार्टरफाइनल खेल आगामी शनिबार मध्यराति पौने १ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .