खेल


कतार विश्वकपमा मिस क्रोएसियाको तस्बिरले तरङ्ग

कतार विश्वकपमा मिस क्रोएसियाको तस्बिरले तरङ्ग

नेपालखबर
मंसिर १९ , काठमाडौँ

कतारमा जारी विश्वकप अन्तर्गत समूह चरणको खेलमा मोरक्को र क्रोएसियाको खेल बराबरीमा सकिएको थियो।

यो खेलमा यी दुई टोलीले बराबरी खेलेको भन्दा पनि अहिले सामाजिक सञ्जालमा एक फरक विषयमा चर्चा चुलिएको छ। कतार विश्वकपमा क्रोएसियाको पहिलो खेल हेर्न पुगेकी पूर्व मिस क्रोएसिया इभाना नोलको तस्बिरबारे सामाजिक सञ्जालमा बहस सुरु भएको छ। 

सामाजिक सञ्जालमा सार्वजनिक भएका दुई तस्बिरमा उक्त खेल हेर्न पुगेका कतारी दर्शकले इभानालाई घुरेर हेरिरहेको र पछि तस्बिर लिइरहेको देख्न सकिन्छ। केहीले कतारी दर्शकले विना कुनै हिचकिचाहट इभानाको तस्बिर आफ्नो मोबाइल वा डिभाइसमा राखेको भन्दै  प्रशंसा गरेका छन् भने केहीले कतारको संस्कृतिको सम्मान नगरेको भन्दै इभानाको आलोचना गरेका छन्। 

सामाजिक सञ्जालमा भाइरल भएका फोटोको विषयमा बोल्दै कतारका व्यवसायी मोहम्मद हसन अल जेफाइरीले भने कतारी दर्शकको क्रियाकलापको बचाउ गरेका छन्। 

उनले भनेका छन्, ‘तपाइँको जानकारीको लागि भनौं, उनीहरुले महिलाको पोशाक मन पराएकाले तस्बिर लिएका थिएनन्, जुन हाम्रो संस्कृतिको विरुद्धमा छ। यो तपाइँले कतारका मानिसहरुबाट पनि पुष्टि गर्न सक्नुहुन्छ। सायद उनीहरुले यसबारे उजुरीका लागि उनले तस्बिर लिएको हुन सक्छ।’

मोडलसमेत रहकी इभानाले सामाजिक सञ्जालमा पनि उक्त खेलमा सहभागी भएको तस्बिर राखेकी छिन्।

जहाँ दुई लाखभन्दा धेरै मानिसले उनको तस्बिरमा लाइक गरेका छन्। उनको सामाजिक सञ्जालमा पनि केही फ्यानले कतारको संस्कृतिको सम्मान गर्न आग्रह गरेका छन्। 

 

मंसिर १९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.