ad ad

खेल


दक्षिण कोरियाविरुद्ध  ब्राजिलको गोलको वर्षा

दक्षिण कोरियाविरुद्ध  ब्राजिलको गोलको वर्षा

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १:२५, काठमाडौँ

फिफा विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिल दक्षिण कोरियामाथि हाबी भएको छ। खेलको पहिलो हाफको ३६ मिनेटभित्रै ब्राजिलले कोरियाविरुद्ध ४–० को अग्रता लिएको छ। 

ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियर, १३ औं मिनेटमा नेयमार, २९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास काकोइटाले गोल गरे। 

विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो ब्राजिल। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल टैटौं उपाधिको खोजीमा छ। 

ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको छ। १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो। 

७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ। पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ।

५ पटक क्वार्टरफाइनजलबाट बाहिरिएको छ भने ३ पटक मात्रै समूह चरणबाट बाहिरिएको छ। 

दक्षिण कोरिया १९५४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। त्यसपछि ७ वटा विश्वकपमा सहभागी नभएको कोरिया अहिले लगातार १० औं पटक विश्वकपमा सहभागी भएको छ। 

कोरियाको सर्वाधिक सफल विश्वकप २००२ को हो। जतिबेला ब्राजिलले उपाधि जितेको थियो। त्यतिबेला सेमिफाइनलसम्म पुगेको कोरिया बाँकी ८ विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन। २०१० मा अन्तिम १६ बाट बाहिरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .