ad ad

खेल


लगातार आठौंपटक क्वार्टरफाइनलमा ब्राजिल

लगातार आठौंपटक क्वार्टरफाइनलमा ब्राजिल

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार २:४२, काठमाडौँ

फिफा विश्वकपको अन्तिम १६ को खेलमा दक्षिण कोरियामाथि ४–१ गोल अन्तरको शानदार जित हात पार्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

पहिलो हाफको ३६ मिनेटभित्रै ब्राजिलले कोरियाविरुद्ध ४–० को अग्रता लिएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन। दोस्रो हाफमा दक्षिण कोरियाले सुधारिएको प्रदर्शन गरेको थियो। 

ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियर, १३ औं मिनेटमा नेयमार, २९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास काकोइटाले गोल गरे। खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सेउंघोले सान्त्वना गोल फर्काए। डिबक्स बाहिरबाट उनले गरेको लामो प्रहार ब्राजिलका गोल रक्षकले रोक्न सकेनन्। 

ब्राजिल सन् १९९४ यताका सबै विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। ब्राजिल विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल छैटौं उपाधिको खोजीमा छ। 

ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको छ। १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो। 

७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ। पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .