ad ad

खेल


६८ वर्षपछि क्वार्टरफाइनल पुग्ने स्विटजरल्याण्डको सपना अधुरै

६८ वर्षपछि क्वार्टरफाइनल पुग्ने स्विटजरल्याण्डको सपना अधुरै

नेपालखबर
मंसिर २१, २०७९ बुधबार ३:९, काठमाडौँ

पोर्चुगलसँग फराकिलो अन्तरले पराजित भएसँगै ६८ वर्षपछि क्वार्टरफाइनल पुग्ने स्विटजरल्याण्डको सपना टुटेको छ। 

सन् १९५४ मा क्वार्टरफाइनल खेलेको स्विटजरल्याण्ड त्यसयता नकआउट र समूह चरणमै सीमित बन्दै आएको छ। 

स्विटजरल्याण्ड लगातार तेस्रो पटक नकआउट चरणबाट बाहिरिएको हो। १९३४ बाट विश्वकप खेल्न थालेको स्वीटजरल्याण्डको विश्वकप यात्रा ४ पटक नकआउट चरणबाटै टुङिगएको छ। 

पहिलो दुई संस्करण क्वार्टरफाइनल पुगेको स्विटजरल्याण्ड त्यसपछिको एक संस्करण समूह चरणमै सीमित बनेको थियो। पछिल्लोपटक १९५४ मा क्वार्टरफाइनल पुगेको स्विटजरल्याण्ड त्यसपछिको संस्करण छनोट नै भएन। 

त्यसपछि १९६२ र ६६ मा समूह चरण मै सीमित स्वीटजरल्याण्डको विश्वकप यात्रा त्यसपछिका ६ संस्करण छनोट चरण नै पार गर्न सकेन। १९९४ मा नकआउट पुगेपछि त्यसपछि पुनः एक सस्करण अन्तिम १६ मा पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .