फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि मोरक्कोले अग्रता लिएको छ।
खेलको ४२ औं मिनेटमा मोरक्कोका यौसुफ एन नेसिरीले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन्।
मोरक्को पोर्चुगलसँगको खेल जित्दै पहिलो पटक सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्ने दाउमा छ।
पोर्चुगल भने सेमिफाइनलमा पुग्दै उपाधि होडको दुरी दुई खेलमा झार्न चाहन्छ।
यससँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि छ।
मंसिर २४, २०७९, शनिबार
1.3k
Shares
प्रतिक्रिया