ad ad

खेल


क्रोयसियाविरुद्धको खेलबाट नयाँ कीर्तिमान बनाउँदै मेस्सी

क्रोयसियाविरुद्धको खेलबाट नयाँ कीर्तिमान बनाउँदै मेस्सी

अर्जेन्टिनी स्टार लियोनल मेस्सी।


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ९:३६, काठमाडौँ

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले खेल जिवनका थुप्रै कीर्तिमानहरु आफ्नो नाममा गरेका छन्। खेल जिवनमा एउटा लक्ष्य बनाउँदै नयाँ–नयाँ कीर्तिमान आफ्नो नाममा पार्दै आएका मेस्सीले विश्वकपमा पनि थुप्रै कीर्तिमानमा आफ्नो नाम दर्ज गरिसकेका छन्। 

पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार मेस्सीले मंगलबार हुने क्रोएशियाविरुद्धको सेमिफाइनल खेलमा थु्रपै कीर्तिमान आफ्नो नाममा गराउने छन्।

केही आफ्नै कीर्तिमान तोड्ने छन्।

आजको सेमिफाइनल खेलमा मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमान बराबरी गर्नेछन्। पाँचौ विश्वकप खेलिरहेका मेस्सीका लागि क्रोएसियाविरुद्धको खेल विश्वकपमा २५ औँ खेल हो। आजको खेलपछि अर्जेन्टिनाले खेल्ने तेस्रो स्थान वा फाइनल खेलपछि मेस्सी सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा गराउने छन्।

विश्वकपमा क्रिस्टियानो रोनाल्डाले २२ खेल खेलेका छन्। 

यस्तै जर्मनीका मिरोस्लाभ क्लोजले २४ तथा इटालीका पाओलो माल्डिनीले विश्वकपका २३ खेल खेलेका छन्। थोमस मुलर र म्यानुएल नोएरले समान १९ खेल खेलेका छन्। 

फ्रान्सका ह्युगो लोरिसले १८ खेल खेल्दा एन्टोइन ग्रिजमन, अर्जेन्टिनाका एन्जल डी मारिया र क्रोएसियाका लुका मोड्रीचले समान १७ खेल खेलेका छन्। 

विश्वकपमा पाउलो मल्दानीले विश्वकपमा २,२१७ मिनेट विश्वकप खेलेका छन्। जबकी मेस्सीले २,१०४ मिनेट विश्वकपका खेल खेलेका छन्। क्रोएशियाविरुद्धको खेल अतिरिक्त समयमा धकेलिएमा मेस्सीले यो रेकर्ड पनि तोड्न सक्नेछन्।

पाँच वटा विश्वकप खेल्ने मेस्सी छैटौं खेलाडी हुन्। यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्। मेस्सीले पाँच पटक विश्वकपमा सहभागी हुँदा २४ खेल खेलिसकेका छन्। जुन खेल लोथर मथाउसको कीर्तिमानभन्दा एक कम हो। 

मेस्सीले पाँच विश्वकपमा नै असिस्टमा आफ्नो नाम दर्ता गराएका छन्। सर्वाधिक असिस्टको लिस्टमा पेलेको नाम शीर्ष स्थानमा छ। पेलेले नकआउट चरणमा ६ असिस्ट गरेका छन्। जबकी मेस्सीले पाँच असिस्ट दिएका थिए।

कीर्तिमानहरुकै चाङमा मेस्सीले प्लेयर अफ दि म्याचमा समेत वर्चश्व जमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .