कतार विश्वकप २०२२ भव्य रुपमा समापन भएको छ। कतारले विश्वकपको समापनसँगै कतारको राष्ट्रिय दिवस पनि मनाएको छ।
करिब ९० हजार दर्शक क्षमता भएको लुसैल स्टेडियममा समापन समारोह आयोजना गरिएको थियो। यही रंगशालामा साविक विजेता फ्रान्स र अर्जेन्टिनाको खेलपछि कतार विश्वकपको औपचारिक रुपमा सकिनेछ।
२८ दिन चलेको विश्वकपको महाकुम्भमा समापन समारोहमा डेभिडो र इसाले कतार विश्वकपको हैया हैया गीतमा प्रस्तुती गरेका थिए।
त्यस्तै ओजुना र जिम्सले अर्वो गीत गाएका थिए। समापन समारोहमा क्यानेडियम गायिका तथा नायिका नोरा फतेहीले समेत प्रस्तुती दिएकी थिइन्।
यसअघि अल बायत स्टेडियममा विश्वकपको उद्घाटन समारोह भव्यरुपमा गरिएको थियो। उदघाटन समारोहमा फ्रेन्च लेजेण्ड मार्सेल डिसैलीले विश्वकप ट्रफी सार्वजनिक गरेका थिए।
एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ आयोजना भएको हो। यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।
विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पूर्वाधार लगायतको तयारी सुरु गरेको थियो। विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको थियो।
विश्वकपको उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस स्टार जोङ कुकले प्रस्तुती दिएका थिए। ३२ टोली सहभागी भएको विश्वकप यो अन्तिम हो। सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा गर्ने विश्वकपमा ४८ टोलीले स्पर्धा गर्नेछन्।
प्रतिक्रिया