ad ad

खेल


समूह ‘सी’मा बलियो अर्जेन्टिनालाई पोल्यान्डको चुनौती, कुन टोली कस्ता?

समूह ‘सी’मा बलियो अर्जेन्टिनालाई पोल्यान्डको चुनौती, कुन टोली कस्ता?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ६:३९, काठमाडौँ

विश्वकप खेल्ने समूह ‘सी’मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया छन्। यो समूहमा अर्जेन्टिना र पोल्याण्डलाई बलियो टोलीको रुपमा हेरिएको छ। 

अर्जेन्टिना विश्वकपमा सफल टोली हो। दुई पटकको विश्वविजेता अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उचालेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सीमित भएको थियो। अर्जेन्टिनाले विश्वकपका ८१ खेलमा ४७ खेलमा जित निकालेको छ। 

अर्जेन्टिनाले विश्वकपमा अहिलेसम्म ४ पटक सहभागिता जनाएको छैन। अर्जेन्टिनाले सन् १९३८, १९५० र १९५४ र १९७० को विश्वकपमा सहभागी भएको थिएन। तर त्यसपछिका सबै विश्वकपमा अर्जेन्टिना सहभागी भएको छ। 

अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उचाल्ने योजनामा छ। सन् २०१९ को कोपा अमेरिका उचालेको अर्जेन्टिनाले दुई वर्षपछि सोही लयलाई निरन्तरता दिँदै विश्वविजेताको छवि बनाउन चाहन्छ। 

यो पटकको विश्वकपमा धेरैको आँखा अर्जेन्टिनी स्टार लियोनल मेस्सीमाथि हुनेछ। खेद जीवनको उत्तरार्धमा रहेका मेस्सी विश्वकपको ट्रफी उचाल्न चाहन्छन्। मेस्सी अन्तिम पटक विश्वकप खेल्दै छन्। 

मेस्सीलाई पाउल डिबाला, मार्टिनेज र जुलियन अल्भारेजले साथ दिनेछन्। एकपछि अर्का खेलाडी घाइते हुँदा अर्जेन्टिनालाई चोटले सताएको छ।

विश्वकप खेल्न कतार पुगेका निकोलास गोन्जालेज र टुकु कोरेयाले विश्वकप गुमाएका छन्। बलियो आक्रमण टोली भएको अर्जेन्टिनाले विपक्षीको रक्षापंक्ति कसरी तोड्नेछ भनेर हेर्न भने बाँकी नै छ।  

अर्जेन्टिनाको टोली
गोलरक्षक : इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी

डिफेन्डर : नहुएल मोलिना (एट्लेटिको मड्रिड), गोन्जालो मोन्टिएल (सेभिल्ला), जर्मन पिजेल्ला (रियल बेटिस), निकोलस ओटामेन्डी (बेन्फिका), क्रिस्टियन रोमेरो (टोटनह्याम), लिसान्ड्रो मार्टिनेज (म्यान्चेस्टर युनाइटेड), निकोलस ताग्लिफेको (लियोन), मार्कोस अकुना (सेभिल्ला), जुआन फोयथ (भिल्लारियल)

मिडफिल्डर : गुइडो रोड्रिगेज (रियल बेटिस), रोड्रिगो डे पाउल (एट्लेटिको मड्रिड), एक्स क्युवेल पालासिओस (बायर लेभरकुसेन), एलेक्सिस म्याक एलिस्टर (ब्राइटन), एन्जो फर्नान्डेज (बेन्फिका), अलेजान्ड्रो गोमेज (सेभिल्ला), लिआन्ड्रो परेडेस (युभेन्टस)

फरवार्ड : लिओनेल मेस्सी (पीएसजी), एन्जिल कोरिया (एट्लेटिको मड्रिड), लाउटारो मार्टिनेज (इन्टर), पाउलो डिबाला (रोमा), जुलियन अल्भारेज (म्यानचेस्टर सिटी), थियागो अल्माडा (एटलान्टा युनाइटेड), एन्जेल डि मारिया (युभेन्टस)

पोल्याण्ड 
विश्वकपको इतिहासमा पोल्याण्डले ८ पटक मात्र सहभागिता जनाएको छ। 

विश्वकपमा पोल्याण्डको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको सन् १९८२ मा सेमिफाइनलमा पुग्दै तेस्रो स्थानका लागि खेलेको थियो। 

विश्वकपको सुरुवाती दुई संस्करण नखेलेको पोल्याण्डले १९३८ मा सहभागिता जनाएको थियो। 

त्यसपछिका ६ संस्करणमा सहभागी नभएको पोल्याण्ड त्यसपछिका ४ संस्करण लगातार खेलेको थियो। सन् १९९० देखि ९८ सम्मका तीन संस्करण नखेलेको पोल्याण्डले २००२ र २००६ मा सहभागिता जनाएको थियो।

त्यसपछिका २ संस्करण सहभागी नभएको पोल्याण्ड सन् २०१८ मा पहिलो चरणसम्मको यात्रा तय गरेको थियो।  पोल्याण्ड यो पटकको विश्वकपमा डार्क हर्स टोलीको रुपमा निस्कने आशा गरिएको छ। 

पोल्याण्डको मुख्य हतियार भनेको कप्तान रोबर्टो लेवान्डोस्की हुन्। लेवान्डोस्कीका लागि नेपोलीका मिडफिल्डर पिओटर जिईलिन्स्की र युभेन्ट्सका फरवार्ड अर्काडियस मिलिकको साथ महत्वपूर्ण हुनेछ। 

पोल्यान्डको टोली 
गोलरक्षक :
वजसे स्क्याजनी (जुभेन्टस), लुकास कोरुप्स्की (बोलोग्ना), कामिल ग्राबारा (कोपनहेगन) 

डिफेन्डर : कामिल ग्लिक (बेनेभेन्टो), बार्तोस्ज बेरिसजिन्स्की (साम्प्दोरिया), जान बेदनारेक (एस्टन भिल्ला), म्याटी क्यास (एस्टन भिल्ला), रोबर्ट गम्नी (अग्सबर्ग), आर्तुर जेड्रेसजेक (लेगिया वार्स), ज्याकुब किविअर (स्पेजिया), म्याट्युज विटेस्का (क्लेरमन्ट), निकोला जालेवस्की (रोमा)

मिडफिल्डर : पियोत्र जिलिन्स्की (एसएससी नापोली), कामिल ग्रोसिकी (पोगोन जेस्जेसिन), गर्जेगोर्ज क्रिचोवियाक (अल शाबाब रियाद), डामियान जिम्यान्स्की (एईके एफसी), सेबास्टियन जिम्यान्स्की (फिएनोर्ड रोटेर्डम), प्रजिम्यास्ल फ्रान्कोवस्की (आरसी लेन्स), क्रिस्टियन बाइलिक (बर्मिङगम सिटी), ज्याकुब कामिन्स्की (भीएफएल वल्फ्स्बर्ग), माइकल कोरास (लेक पोजनान), जिमन जुर्कोवस्की (एसीएफ फियोरेन्टा) 

फरवार्ड : रोबर्ट लेवान्डोवस्की (बार्सिलोना), आर्काडियुस्ज मिलिक (जुभेन्टस), किर्जिस्टोफ पियाटेक (यूएस सालेर्निताना १९१९), कारोल स्विडेर्स्की (चार्लोटे एफसी) 

मेक्सिको 
फिफा विश्वकपमा मेक्सिकोको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको क्वार्टफाइनलसम्मको यात्रा तय गर्नु नै हो। 

विश्वकपको पहिलो संस्करण १९३० मा सहभागिता जनाएको मेक्सिकोले पहिलो चरणसम्मको यात्रा तय गरेको थियो। त्यसपछिका दुई संस्करण सहभागी नभएको मेक्सिको त्यसपछिका ५ संस्करणमा पहिलो चरणसम्म पुगेको थियो। 

सन् १९७० मा क्वार्टरफाइनल पुगेको मेक्सिको १९७४ मा भने सहभागी भएन। सन् १९७८ मा पहिलो चरणसम्म पुगेको मेक्सिको १९८२ मा सहभागी भएन। सन् १९८६ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको मेक्सिकोले १९९० मा भने विश्वकपमा सहभागी भएन। सन् १९९८ देखि २०१८ सम्म अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। 

मेक्सिकोले कतार विश्वकपका लागि वुल्भ्सका फरवार्ड राउल जिमेनेजलाई समेट्दै मेक्सिकोको विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ। कम्मरका चोटका कारण टोलीबाहिर रहेका ३१ वर्षीय जिमेनेजले यो सिजनमा वुल्भ्समा ४ खेल मात्र खेलेका छन्। 

मेक्सिकोका लागि ९४ खेलमा २९ गोल गरेका जिमेनेज प्रिमियर लिगका एक मात्र खेलाडी हुन्। टोलीमा नेपोलीका फरवार्ड हिरभिंग लोजानो र अजाक्सका  एडसन अल्भारेज र जर्ज सान्चेज समावेश छन्। 

मेक्सिकोको टोली
गोलकिपर :
 गुइलेर्मो ओचोआ (क्लब अमेरिका), अल्फ्रेडो तालाभेरा (जुआरेज), रोडोल्फो कोटा (लियोन)

डिफेन्डर :  जर्ज सान्चेज (आजाक्स), केभिन अल्भारेज (पाचुका), नेस्टर अराउजो (क्लब अमेरिका), जोहान भास्क्वेज (क्रेमोनिज), हेक्टर मोरेनो (मोन्टेरे), सेजर मोन्टेस (मोन्टेरे), जेरार्डो आर्टेगा (जेन्क), जेसस ग्यालार्डो (मोन्टेरे)

मिडफिल्डर : एन्ड्रेस गार्डाडो (रियल बेटिस), हेक्टर हेरेरा (ह्युस्टन डायनामो), चार्ली रोड्रिग्वेज (क्रुज अजुल), एरिक गुटिएरेज (पीएसभी आइन्डहोभन), लुइस चाभेज (पाचुका), एडसन अल्भारेज (आजाक्स), ओरबेलिन पिनेडा (एईके एथेन्स), लुइस रोमो (मोन्टेरे)

फरवार्ड : एलेक्सिस भेगा (ग्वाडालाजारा), हिर्भिङ लोजानो (नापोली), राउल जिमेनेज (उल्भ्स), रोबर्टो अल्भाराडो (ग्वाडालाजारा), उरियल एन्टुना (क्रुज अजुल), हेनरी मार्टिन (क्लब अमेरिका), रोजेलियो फ्युनेस मोरी (मोन्टेरे) 

साउदी अरेबिया 
विश्वकप इतिहासमा साउदी अरेबियाले पाँच पटक सहभागिता जनाएको छ। साउदी अरेबियाले सन् १९९४, १९९८, २००२, २००६ र २०१८ मा सहभागिता जनाएको थियो। 

सन् २०१० र २०१४ मा सहभागी नभएको साउदी अरेबियाले २०१८ मा पहिलो चरणमा सीमित भएको थियो। विश्वकपमा कमजोर टोलीको छवि बनाएको साउदी अरेबिया विश्वकपमा १६ खेलमा ३ खेलमा मात्र जित निकालेको छ। जसमा ११ गोल गरेको छ। 

साउदी अरेबियाका मिडफिल्डर सलमान अल फराज मुख्य खेलाडी हुन्। मैत्रीपूर्ण खेलमा चोट बोकेका अल हिलालका मिडफिल्डर सलमान अल–फराजलाई टोलीमा राख्दै साउदी अरेबियाका मुख्य प्रशिक्षक हर्भ रेनार्डले विश्वकपका लागि टोलीको घोषणा गरेका छन्। 

समूह ‘सी’मा रहेको साउदी अरेबियाले बलियो टोली अर्जेन्टिना, मेक्सिको र पोल्याण्डसँग खेल्नेछ। 

साउदी अरेबियाको टोली 
गोलकिपर :
 मोहम्मद अल–ओवैस, नवाफ अल–अकिदी, मोहम्मद अल–यामी 

डिफेन्डर : यासेर अल–शहरानी, अली अल–बुलैही, अब्दुल्लाह अल–अम्री, अब्दुल्लाह मदु, हसन ताम्बक्ति, सुल्तान अल–घनम,  मोहम्मद अल–ब्रेक, साउद अब्दुलहामिद 

मिडफिल्डर : सलमान अल–फराज, रियाद शाराहिली, अली अल–हसन, मोहम्मद कन्नो, अब्दुलाह अल–मल्की, सामी अल–नजेई, अब्दुल्ला ओतायफ–अल, नासेर अल–दौसारी, अब्दुलरहमान अल–अबौद, सलेम अल, हत्तन बाहेब्री 

फरवार्ड : फहाद अल–मुवाल्लाद, हैथम असिरी, सालेह अल–शेहरी, फिरास अल–बुराइकन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .