खेल


घरेलु टोलीविरुद्ध सेनेगलकाे अग्रता

घरेलु टोलीविरुद्ध सेनेगलकाे अग्रता

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १९:२९, काठमाडौँ

घरेलु टोलीविरुद्ध सेनेगलले सुरुवाती अग्रता बनाएको छ। अल थुमामा स्टेडियममा पहिलो हाफ चलिरहँदा खेलको ४१ औँ मिनेटमा बौलाया डियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन्।

समुह ए मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छन्। नकआउट चरणमा स्थान बनाउनका लागि आजको खेलमा दुवै टोलीलाई स्पष्ट जितको खाँचो छ। 

कतार पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो। सेनेगलले पनि नेदरल्याण्ड्सलाई  २–० को नतिजा सुम्पेको थियो। 

आजको खेलमा सेनेगलले जित दर्ता गरे अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ। उसले अन्तिम खेल इक्वेडरसँग खेल्ने छ। त्यो जिते अघिल्लो चरण पक्का हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .