खेल


स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

नेपालखबर
मंसिर १२, २०७९ सोमबार २३:४०, काठमाडौँ

पाँच पटकको विश्व विजेता ब्राजिल एक खेल अगावै कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। 

सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिलले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो। ब्राजिलसँग पराजित स्विटजरल्याण्डकाे पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ। 

खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। उनले रोड्रिगोको पासमा बललाई फिनिसिङ टच दिएका हुन्। 

त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए।

जारी विश्वकपमा एक खेल अगावै नकआउटमा पुग्ने ब्राजिल दोस्रो टोली हो। यसअघि फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। 

यसअघि सोमबार राति नै भएको खेलमा समूह जी का सर्विया र क्यामरुनले बराबरी खेलेपछि ब्राजिल १ खेलअघि नै नकआउटमा पुगेको हो। अब अन्तिम खेलमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्याण्ड र सर्विया भिड्ने छन्।

अन्तिम खेलमा जित निकाल्न सके स्विट्जरल्याण्ड पनि अन्तिम १६ मा प्रवेश गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad