इङल्याण्डका डिफेन्डर बेन ह्वाइट विश्वकपकोबीचमै घर फर्किएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै विश्वकपको टोली छाडेको फुटबल एसोसिएसनले जनाएको छ।
‘बेनले व्यक्तिगत कारण देखाउँदै कतार छाडेर घर फर्किएका छन्। उनी फेरि टोलीमा नफर्कने टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले जानकारी गराएका छन्’, एसोसियसनले विज्ञप्तिमा भनेको छ।
खेलाडीको गोपनियताका कारण भन्दै उसले बेनले टोली छाड्नुको वास्तविक कारण भने सार्वजनिक गरेको छैन।
२५ वर्षीय ह्वाइटले समूह चरणका सुरुवाती दुई खेल खेलेका थिएनन्। वेल्ससँगको खेलमा भने उनी अस्वस्थताको कारण बेन्चमा पनि अनुपस्थित थिए।
उनको टोली इङल्याण्ड भने समूह बी को विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ। इङ्ल्याण्डले आइतबार अन्तिम १६ मा सेनेगलको सामना गर्नेछ। यो खेल जितेमा क्वार्टरफाइनल प्रवेश गर्नेछ।
Shares
प्रतिक्रिया