ad ad

खेल


समूह विजेता बन्न ब्राजिललाई हार टारे पुग्छ, बाँकी तीन टोलीको यस्ताे छ सम्भावना

समूह विजेता बन्न ब्राजिललाई हार टारे पुग्छ, बाँकी तीन टोलीको यस्ताे छ सम्भावना

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १७:१५, काठमाडौँ

विश्वकप फुटबलमा आज समूह चरणमा अन्तिम खेल हुनेछन्। अन्तिम खेलमा समूह जी का टोली भिड्दै छन्। त्यसअघि राति ८ः४५ बजे समूह एचका खेल हुनेछन्।

यो समूहका ब्राजिल र क्यामरुन तथा स्विट्जरल्याण्ड र सर्विया राति १२ः४५ बजे भिड्नेछन्। समूह जी को ब्राजिल यसअघि नै नकआउटमा पुगिसकेको छ। बाँकी तीन टोलीको अघिल्लो चरणको सम्भावना कायम छ। 

स्विट्जरल्याण्डको सम्भावना अझै बलियो छ। उसले आफ्नो खेल जिते पुग्छ। तर क्यामरुन र सर्वियालाई भने आफ्नो खेल जितेर मात्रै पुग्दैन अर्को खेलको नतिजा निर्णायक हुन्छ। 

अन्तिम खेलअघि ब्राजिलको ६ अंक छ। दोस्रो स्थानमा रहेको स्विट्जरल्याण्डको ३ अंक हुँदा क्यामरुन र सर्वियाको समान १ अंक छ। गोलअन्तरका आधारमा क्यामरुन तेस्रो र सर्विया चौथो स्थानमा छन्। 

आजको खेल जिते वा बराबरी गरे पनि ब्राजिल समूह विजेता बन्ने छ। आजको खेलमा ब्राजिल पराजित भए र स्विटजरल्याण्ड विजयी भएमा गोलअन्तरका आधारमा विजेताको टुंगो लाग्ने छ। 

स्विट्जरल्याण्डबाहेकका टोलीले जितेमा भने ब्राजिल पराजित भए पनि समूह विजेता बन्ने छ। अन्तिम खेलमा स्विट्जरल्याण्ड विजयी भए र ब्राजिल पराजित भए समान ६ अंक हुन्छ। तर क्यामरुन र सर्वियाले जितेमा उनीहरुको मात्रै ४ अंक हुनेछ। आजको खेल बराबरी गरेमा पनि स्विट्जरल्याण्डको भने अघिल्लो चरणको सम्भावना बलियो छ। 

यो समूहका विजेताले समूह एचको उपविजेतासँग र उपविजेताले समूह एचको विजेतासँग नकआउटमा भिड्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .