ad ad

खेल


नकआउटको अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्याण्डको सामना गर्दै

नकआउटको अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्याण्डको सामना गर्दै

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार ८:४८, काठमाडौँ

चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको डेब्यु खेलमा पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा पुगेको थियो। त्यसपछि नकआउटबाट अगाडि बढ्न सकेन। 
३७ वर्षीय रोनाल्डोको यो अन्तितम विश्वकप हो। करियरबाट बिदा लिनु अघि उनी टोलीलाई विश्वकप जिताउन चाहन्छन्। कम्तिमा क्वाटर फाइनल उनको लक्ष्य हुनेछ। 

विश्वकप फुटबलमा क्वाटरफाइनल प्रवेश गर्ने अन्तिम टोलीको टुंगो आज लाग्दै छ। राति १२ः४५ बजे पोर्चुगल र स्विट्जरल्याण्ड भिडेसँगै क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ। पोर्चुगल समूह एच को विजेृता बन्दै नकआउटमा पुगेको हो। समूह जी उपविजेताका ?पमा स्विट्जरल्याण्डले अन्तिम १६ मा स्थान बनाएको हो। 
स्विट्जरल्याण्ड समूह चरणमा ब्राजिलसँग पराजित भएको थियो भने क्याम?न र सर्वियालाई पराजित गर्दै नकआउटमा स्थान बनाएको हो। 
पोर्चुगलले सु?का दुई खेलमा घाना र उ?ग्वेलाई पराजित गरेको थियो। अन्तिम खेलमा दक्षिण कोरियासँग अनपेक्षित पराजित भए पनि समूह विजेता बन्दै स्विट्जरल्याण्डसँगको भेट पक्का गरेको हो। 
विश्वकप फुटबलमा पोर्चुगलका लागि स्विट्जरल्याण्ड चिरप्रतिद्वन्द्वी हो। यी दुई टोली पटक पटक भिडेका छन्। अहिलेसम्म २६ पटक भिड्दा ९ पटक पोर्चुगल विजयी भएको छ भने ११ पटक स्विट्जरल्याण्डले जितेको छ। ६ खेल बराबरीमा टुंगिएका छन्। 
विश्वकप फुटबलमा दुवै टोली फाइनलमा पुग्न सकेका छैनन्। स्विट्जरल्याण्ड क्वाटरफाइनलबाट माथि जान सकेको छैन भने पोर्चुगल दुई पटक सेमिफाइनलमा पुगेको छ। 
१९६६ मा पहिलो पटक सेमिफाइनलमा पुगेको पोर्चुगल २००६ मा सेमिफाइनलमा पुगेको थियो। त्यसपछि अन्तिम १६ र समूह चरणबाटै बाहिरिएको छ। 
स्विट्जरल्याण्ड ६८ वर्षदेखि नकआउटबाट माथि जान सकेको छैन। १९५४ मा अन्तिम पटक स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको थियो। त्यसपछि ८ पटक विश्वकपमा सहभागी भए पनि नकआउटबाट माथि जान सकेको छैन। 
आजको देलमा जो विजयी भए पनि लामो समयपछि क्वाटरफाइनलको यात्रा तय गर्नेछन्। यसअघि २०१८ मा पनि दुवै टोली नकआउटमा पुगेका थिए। पोर्चुगल उ?ग्वेसँग पराजित भएको थियो भने स्विट्जरल्याण्ड स्विडेनसँग पराजित भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .