खेल


तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

नेपालखबर
पुस २, २०७९ शनिबार ९:२१, काठमाडौँ

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्दै छन्। क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित हुँदा उपाधि यात्रा टुंगिएपछि तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।

एउटै समूहमा रहेका यी टोली जारी विश्वकपमा दोस्रो पटक भिड्न लागेका हुन्। समूह चरणमा गोलरहित बराबरी खेलेका थिए। 

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति पौन ९ बजे आमनेसामने हुँदा दुवै टोली प्रस्ट जितको खोजिमा हुनेछन्। मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो भने क्रोएसिया साविक उपविजेता हो। 

एउटै समूहमा भएपनि दुवैले सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। क्रोएसिया अर्जेन्टिनासँग ३–० ले सहजै पराजित भएको थियो। फ्रान्सलाई कडा टक्कर दिएको मोरक्कोले पनि २–० ले नतिजा गुमायो। 

दुवै टोली आक्रमक कम र रक्षात्मक बढी खेल्ने टिमका रुपमा परिचित छन्। मोरक्कोले फ्रान्ससँग २–० को पराजय ब्यहोर्नु अघिसम्म विपक्षीबाट गोल खाएको थिएन। जुन नतिजाले मोरक्को विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्न चुक्यो। 

जापान र ब्राजिलाई पेनाल्टी सुटआउटमा पराजित गरेको क्रोएसियाको पनि खराब हार अर्जेन्टिनासँगैको थियो। जसले फ्रान्ससँग अघिल्लो फाइनलमा ब्यहोरेको हारको बदला लिने मौका गुमायो। 

तेस्रो पटक आमनेसमान हुन लागेका यी दुई टोलीबिच पहिलो खेलमा पनि निर्णय पेनाल्टी सुटआउटबाट लिनु परेको थियो। निर्धारित समय र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि १९९६ मा पेनाल्टीमा क्रोएसियाले ७–६ ले जित दर्ता गरेको थियो। विश्वकपको समूहको पहिलो खेलमा गोलरहित बराबरी खेले। 

मोरक्को विजेता र क्रोएसिया समूह उपविजेताका रुपमा नकआउटमा पुगेका थिए। 

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए। क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .