बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौंमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ।
बुधबार बिहान किसानहरुले बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको देखेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।
उनका अनुसार चितुवाको ढाडमा पासो परेको छ। पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली मगाइएको छ।
‘बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य उद्धार टोली अन्यत्र गएको रहेछ, अहिले बर्दिया र शुक्लाफाँटाबाट टोली आउँदैछ। बेलुकासम्म पुग्छ, त्यसपछि चितुवाको उद्धार हुन्छ,’ उनले भने, ‘चितुवालाई बेहोस बनाएर उद्धार गरिन्छ।’
72
Shares
प्रतिक्रिया