समाज


बञ्चरेडाँडामा आज पनि प्रहरी परिचालन गरेर फोहोर लगिँदै

बञ्चरेडाँडामा आज पनि प्रहरी परिचालन गरेर फोहोर लगिँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०७९ बुधबार १०:२७, काठमाडौँ

आज पनि प्रहरी परिचालन गरेर काठमाडौं उपत्यकाको फोहोर ल्यान्डफिल साइट बञ्चरेडाँडामा लगिने भएको छ।

स्थानीयहरु आज पनि डाँडामा जम्मा भएर अवरोध गर्न लागेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जनका लागि लान लागिएको हो। 

सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालका अनुसार ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन्।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो।

स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। सडक निर्माण तथा मर्मत सकिनुपर्ने लगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन्।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .