ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा : एमाले ३०, कांग्रेस १८ क्षेत्रमा भिड्दै, माओवादी र समाजवादी कति?

जसपा र राप्रपालाई एक/एक क्षेत्र दिएर एमालेको तालमेल
सुदूरपश्चिम प्रदेशसभा : एमाले ३०, कांग्रेस १८ क्षेत्रमा भिड्दै, माओवादी र समाजवादी कति?

गोकुल जोशी
कात्तिक ५, २०७९ शनिबार १५:१, कञ्चनपुर

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिमका प्रदेश सभाका ३२ क्षेत्रमध्ये सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस आधा क्षेत्रमा मात्रै चुनाव लड्दै छ। सत्ता गठबन्धनभित्र सिट भागबन्डा गर्दा नेपाली कांग्रेसको भागमा सुदूरपश्चिमका १८ प्रदेश सभा क्षेत्र परेका छन्। 

कैलालीका ५, कञ्चनपुरका ४, अछाम र बैतडीका २/२ तथा डोटी, बझाङ, बाजुरा, दार्चुला र डडेल्धुराका १/१ प्रदेश सभा क्षेत्रमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ।

कांग्रेसले कैलाली प्रदेश सभा १ (२) मा रणबहादुर रावल, २ (१) मा कमलबहादुर शाह, ३ (१) मा खेमराज डगौरा थारु, ४ (२) मा प्रकाश बम र ५ (२) मा प्रकाश देउवा उम्मेदवार बनाएको छ।

कञ्चनपुर प्रदेश सभा १ (१) मा बन्धु राना, १ (२) मा दिवानसिंह विष्ट, २ (२) मा बहादुरसिंह थापा र ३ (२) मा बेलबहादुर राना मगरलाई चुनावी मैदानमा उतारिएको छ।

यस्तै, अछाम १ (१) मा मेघराज खड्का, २ (२) मा मानबहादुर रावल, बैतडी १ (१) मा वीरबहादुर विष्ट र १ (२) मा शिवराज भट्ट कांग्रेसबाट उम्मेदवार बनेका छन्। 

सत्ता गठबन्धनबाट भागमा परेको डोटी १ (१) मा नरेन्द्रबहादुर सिंह, बझाङ १ (१) मा पृथ्वीबहादुर सिंह, बाजुरा १(२) मा पदमबहादुर शाही, दार्चुला १(१) मा विक्रमसिंह धामी र डडेल्धुरा १(२) मा गोविन्दराज बोहरालाई कांग्रेसले उम्मेदवार बनाएको छ।

यी बाहेक अन्य क्षेत्रमा कांग्रेसले सत्ता साझेदार दलका उम्मेदवारलाई सघाउने छ।

सुदूरपश्चिमका कैलाली, डोटी, बझाङ र अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तीन दलीय गठबन्धन छ।

प्रतिनिधि सभाका १६ क्षेत्रमध्ये कांग्रेसले ९ क्षेत्र आफूसँग राख्दा माओवादीको भागमा ४ र एकीकृत समाजवादीको भागमा ३ क्षेत्र परेका छन्।

यी १२ क्षेत्रमा लड्दै छ माओवादी
नेकपा माओवादी केन्द्रले ३२ क्षेत्रमध्ये १२ प्रदेश सभा क्षेत्रमा गठबन्धनबाट यसपटक चुनाव लड्दै छ।

कैलालीका ३, कञ्चनपुर र अछामका २/२ तथा डोटी, बझाङ, बाजुरा, दार्चुला र डडेल्धुराका १/१ गरेर १२ प्रदेश सभा क्षेत्र गठबन्धनबाट माओवादीको भागमा छ।

कैलाली प्रदेश सभा १ (१) मा दीर्घराज बिनाडी, २ (२) मा नन्दबहादुर साउँद र ५ (१) मा रमेशसिंह धामीलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ। 

यस्तै, कञ्चनपुर २ (१) मा ओमविक्रम भाट, ३ (१) मा टेकेन्द्र भट्ट, अछाम १ (२) मा झपडबहादुर साउँद, अछाम २ (१) मा अक्कलबहादुर रावल उम्मेदवार छन्।

माओवादी केन्द्रले डोटी १ (२) मा शिवसिंह ओली, दार्चुला १ (२) मा मानबहादुर धामी, बझाङ १ (२) मा भीमबहादुर भण्डारी, बाजुरा १ (१) मा कर्णबहादुर विश्वकर्मा र डडेल्धुरा १ (१) मा खगराज भट्टलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको छ। 

समाजवादीलाई २ मात्रै
गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा प्रदेश सभाका २ क्षेत्र मात्रै पाएको छ। कैलाली ३ (२) मा अमरबहादुर साउद र ४ (१) मा दीर्घबहादुर सोडारी एकीकृत समाजवादीको प्रतिनिधित्व गर्ने साझा उम्मेदवार हुन्।

नेकपा एमाले विभाजनबाट बनेको एकीकृत समाजवादी प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल थियो। पछि तीन सांसदले पार्टी छाडेपछि समाजवादी प्रदेश सभामा पहिलो दलबाट तल झरेको थियो।

सिट विभाजनमा एकीकृत समाजवादी गठबन्धनमा असन्तुष्ट छ। गठबन्धनबाट भाग नपाएका कञ्चनपुर, बैतडी, बाजुरा र डडेल्धुरामा एकीकृत समाजवादीले गठबन्धनविरुद्ध एक्लै चुनाव लड्दै छ। 

कञ्चनपुर २ (२) मा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री लालबहादुर खड्का, ३ (१) मा आर्थिक मामिलामन्त्री प्रकाश रावल, बैतडी १ (१) मा नरेन्द्रबहादुर विष्ट, डडेल्धुरा १ (२) मा ताराप्रसाद जोशी र बाजुरा १ (१) मा नरेश कुमार शाही उम्मेदवार छन्।

३० क्षेत्रमा भिड्दै छ एमाले
नेकपा एमालेले सुदूरपश्चिमका केही क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको छ। कैलालीमा जसपा र कञ्चनपुरमा राप्रपालाई एक/एक क्षेत्र दिएर एमालेले बाँकी ३० क्षेत्रमा आपनै उम्मेदवार उठाएको छ।

एमालेको समर्थनमा जसपाले कैलाली १ (१) मा भगतराम थारु चौधरी र राप्रपाले कञ्चनपुर ३ (१) मा धर्मराज जोशीलाई चुनावमा अघि सारेको छ।
एमालेका प्रदेश सभा उम्मेदवार
कैलाली १ (२) : द्वारिकाप्रसाद न्यौपाने
कैलाली २ (१) : कमलाकुमारी ओली
कैलाली २ (२) : डेजी पाण्डे
कैलाली ३ (१) : राजबहादुर बुढा
कैलाली ३ (२) : जयनारायण जोशी
कैलाली ४ (१) : भीमबहादुर देउवा
कैलाली ४ (२) : हरिसिंह साउँद
कैलाली ५ (१) : नेपालु चौधरी
कैलाली ५ (२) : दुर्गादत्त जोशी
कञ्चनपुर १ (१) : वीरबहादुर थापा
कञ्चनपुर १ (२) : पल्लवराज भट्ट
कञ्चनपुर २ (१) : वचनबहादु सिंह
कञ्चनपुर २ (२) : कृपाराम राना
कञ्चनपुर ३ (२) : सुरेन्द्रबहादुर विष्ट
बैतडी १(१) : सुरेन्द्रबहादुर पाल
बैतडी १ (२) : लीलाधर भट्ट
डडेल्धुरा १ (१) : पठानसिंह बोहरा
डडेल्धुरा १ (२) : गजेन्द्रबहादुर शाही
दार्चुला १ (१) : हरदेव जोशी
दार्चुला १ (२) : रामदत्त जोशी
डोटी १ (१) : चक्रबहादुर मल्ल
डोटी १ (२) : टेकबहादुर बम
बझाङ १ (१) : अफिलाल ओखेडा
बझाङ १ (२) : लालबहादुर रावल
बाजुरा १ (१) : बलदेव रेग्मी
बाजुरा १ (२) : लालबहादुर थापा
अछाम १ (१) : देवबहादुर कुँवर
अछाम १ (२) : कृष्णप्रसाद जैसी
अछाम २ (१) : भीमबहादुर विष्ट
अछाम २ (२) : शिवप्रसाद उपाध्याय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .