ad ad

सुदूरपश्चिम


ट्याक्टर दुर्घटना मृत्यु भएका २ जनाको पहिचान खुल्यो

ट्याक्टर दुर्घटना मृत्यु भएका २ जनाको पहिचान खुल्यो

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १३:३५, दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ  दुर्घटना भएको हो। ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

दुर्घटना परी मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का अन्दाजी ४५ वर्षीय  ट्याक्टर चालक पञ्चु राना र सोही ट्याक्टरमा सवार शैल्यशिखर–५ का सन्तोषसिंह डागा छन्। त्यस्तै घाइते हुनेमा शैल्यशिखर–५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुरेश डागा छन्।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने मृतकको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .