सुदूरपश्चिम


दुईवटा सडकको नाम लिँदै एनपी साउदले भने : यो पुरा गर्छु, गर्छु, गर्छु

दुईवटा सडकको नाम लिँदै एनपी साउदले भने : यो पुरा गर्छु, गर्छु, गर्छु

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १८:३०, कञ्चनपुर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले आफू निर्वाचित भएमा सडक निर्माण गर्न नसके अर्को पटक मत माग्न नआउने बताएका छन्।

कञ्चनपुरको क्षेत्र नं. २ प्रतिनिधि सभा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारसमेत रहेका साउदले चुनावताका गरेका बाचा पूरा गर्न नसके पाँच वर्षपछि मत माग्न नआउने बताएका हुन्। 

आइतबार कृष्णपुर नगरपालिका–९ स्थित चुनावी सभालाई सम्बोधन गर्दै उनले दुईवटा सडक निर्माण गर्ने संकल्प गरे।  सो काम पुरा गर्न नसकेमा फेरि मत माग्न नआउने उनको भनाई थियो।

उनले आफू निर्वाचित भएमा ढैयाँ चौराह–गजरौला–शान्तिपुर हुँदै पचटक्की सडक र बेलकुण्डी–वनदेवी–जोरायल बस्ती हुँदै डोकेबजारसम्म सडक पुर्याउने प्रतिवद्धता जनाए। 

‘यो गराउन सकिन भने तपाइँको माझमा आउँदिन, यी दुई सडक पुरा गर्ने संकल्प गरेको छु, यो पुरा गर्छु, गर्छु, गर्छु’ उनले भने, ‘रैकवारबिचुवामा बाटोघाटो थिएन, पुल थिएन, बिजुली थिएन, तटबन्ध थिएन, ती सबै काम हामीले गरेका हौँ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा संविधान च्यात्न खोजेपछि गठबन्धन बनेको उनको भनाई थियो। 

चुनाव जित्नका लागि मात्रै नभएर संविधानको रक्षाका साथै पाँच वर्ष स्थिर सरकार सञ्चालन गरेर देशलाई समृद्धितर्फ लैजान गठबन्धन गरिएको नेता साउदले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .