ad ad

सुदूरपश्चिम


जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्टमाथि कैलालीमा आक्रमण

जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्टमाथि कैलालीमा आक्रमण

नेपालखबर
मंसिर १, २०७९ बिहिबार २०:३३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टमाथि आक्रमण भएको छ। 

बिहीबार साँझ भट्ट सवार बा १८ च ७८१२ नम्बरको गाडीमाथि कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा ढुंगा प्रहार भएको हो। 
ढुंगा प्रहारबाट बा १८ च ७८१२ नम्बरको गाडीको सिसा फुटेको अध्यक्ष भट्टले बताए। नेता भट्टसहित जनमोर्चाको टोली भने सुरक्षित रहेको बताइएको छ।

बिहीबार घरदैलो तथा चुनाव प्रचार गरेर फर्केको टोलीमाथि आक्रमण भएको हो।

भट्ट जनमोर्चाबाट सुदूरपश्चिम प्रदेश सभाका समानुपातिक उम्मेदवार हुन्। 

पाँचदलीय गठबन्धनमा सामेल जनमोर्चाले सुदूरपश्चिममा प्रत्यक्षतर्फ भने उम्मेदवारी दिएको छैन। 

यसैबीच राष्ट्रिय जनमोर्चा कैलालीले अपराधीमाथि कारबाहीको माग गरेको छ। जिल्ला अध्यक्ष जगत जोशीले प्रेशित गरेको विज्ञप्तिमा प्रतिगमनका मतियार, विखण्डनकारीको निर्देशनमा राजमोमाथि आक्रमण भएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .