सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बिहीबार बसले किचेर ५ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।
मृतक र घाइते सबै पूर्णागिरि माता दर्शनका लागि जाँदै थिए। दुर्घटनाको पूर्ण विवरण आएको छैन।
मृतक र घाइतेहरुको परिचय पनि खुल्न सकेको छैन।
स्थानीय प्रहरीका अनुसार ठूलीगाडमा उक्त दुर्घटना भएको हो। प्राप्त जानकारीअनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको थियो।
घाइतेहरुलाई उपचारका लागि टनकपुर अस्पताल ल्याइएको छ।
चैत ९, २०७९, बिहीबार
प्रतिक्रिया