ad ad

सुदूरपश्चिम


घरबेटीलाई नशालु पदार्थ खुवाएर चोरी, ८ जना बेहोस

घरबेटीलाई नशालु पदार्थ खुवाएर चोरी, ८ जना बेहोस

नशालु पदार्थ खुवाइएपछि बिरामी परेकाहरू महाकाली अस्पतालमा भर्ना।


गोकुल जोशी
जेठ १८, २०८० बिहिबार १३:१६, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियामा गरगहनासहित नगद चोरी भएको छ। खगेश्वरी प्वालीको परिवारका सदस्यलाई नशालु पदार्थ खुवाएर चोरी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोठाभाडामा बस्ने दुईजना भारतीयले नशालु पदार्थ खुवाएर बुधबार राति चोरी गरेका हुन्। 

‘दुई दिनअघि कोठा भाडामा लिएर बसेका रहेछन्, भारत घरमा छोरा भएको भन्दै खुसियालीमा घरबेटीसहित सबैलाई लड्डु र पेयपदार्थ खुवाएछन्,’ डीएसपी प्रकाश डाँगीले भने। 

उनका अनुसार पेयपदार्थ सेवनपछि खगेश्वरीसहित परिवारका ८ जना बेहोस भएका थिए। उनीहरु अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचाररत छन्।

१० आनाको तिलहरीसहित नगद चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्नको खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .